महोत्तरीको पिपरा गाउँपालिकामा नेकपाको अग्रता, पछि परे राजपा


जनकपुरधाम, १५ मंसिर । महोत्तरीको पिपरा गाउँपालिकामा केहीबेर अघिसम्म अग्रस्थानमा रहेको राजपा अहिले पछि परेको छ भने अग्रस्थानमा नेकपा आइपुगेको छ।

अहिलेसम्म जारी मतगणनामा नेकपाका विक्रम चौधरीले २ हजार २ सय २८ मत प्राप्त गर्दै अग्रस्थानमा आएका छन् उनका निकटतम प्रतिद्वन्दी राजपाकी उम्मेदवार रविता कुमारीले २ हजार १ सय ३१ मत प्राप्त गरेकी छन् ।

यसैगरी समाजवादी पार्टी नेपालका उम्मेदवार रामजानकी यादवले १ हजार ८ सय मत प्राप्त गरे । कांग्रेसका विजय कुमार यादवले ८ सय ८६ मत पाएका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीकी अञ्जनीदेवी मण्डलले भने ३ सय ९५ मत पाएकी छन् ।

प्रकाशित : २०७६ मंसिर १५, आईतवार ०७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ