जानकी मन्दिर सरसफाईमा मेयर साह र सुरक्षाकर्मी


जनकपुरधाम, १७ मंसिर । विवाह पंचमी महोत्सव सम्पन्न भएपछि आज जानकी मन्दिर परिसर सरसफाई गरिएको छ । महोत्सवमा लाखौं श्रद्धालु सहभागी भएका कारण फोहोर भएको मन्दिर परिसर सरसफाई गरिएको हो ।

सरसफाईमा जनकपुरधामका मेयर लालकिशोर साह र सुरक्षाकर्मीहरु सहभागी थिए । उनीहरु झाडुले सरसफाई गरेका हुन् । मेयर साह आफै पनि झाडु र पानीको फोहोराले फोहोर सफा गरेका छन् ।

श्रद्धालुहरुले खुल्ला रुपमा दिशापिसाव गर्दा ऐतिहासिक रंगभुमि मैदान (बारहविघा) दुर्गन्धित बनेको छ । साथै मन्दिर क्षेत्र समेत फोहोरले भरिएको छ । सबै ठाउँको सरसफाई गरिने जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित : २०७६ मंसिर १७, मंगलवार ०४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ