भारतमा प्रहरीले आफ्नै साथीमाथि गोली चलाए, ६ जनाको मृत्यु


एजेन्सी, १८ मंसिर । भारतको छत्तिसगढमा प्रहरी बलको एउटा क्याम्पभित्रै गोली चल्दा ६ जना जवान मारिएका छन् । माओवादी प्रभावित नारायणपुर जिल्लामा भारत-तिब्बत सीमा प्रहरी बलको क्याम्पभित्र एक जवानले अन्धाधुन्ध गोली हानी पाँचजनाको हत्या गरेपछि आफैँलाई गोली हानेको बिबिसीले जनाएको छ ।

नारायणपुर जिल्लका एसपी मोहित गर्गले यसको पुष्टि गरेको समाचारमा उल्लेख छ । जिल्लाको कँडेनार क्षेत्रमा रहेको क्याम्पमा स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे जवानहरूबीच गोली चलेको थियो। गोली लागी अन्य दुई जवान गम्भीर घाइते भएका छन् ।

ती सबै जवान भारत(तिब्बत सीमा प्रहरी बलको ४५औँ बटालियनका थिए । क्याम्पमा रहेका पश्चिम बंगालको नादिया जिल्ला घर भएका जवान मसुद-उल-रहमानले फायरिङ सुरु गरेका थिए ।

अनुसन्धान अधिकारीहरूका अनुसार आइटिबिपीको उक्त बटालियनमा आपसी विवाद भएपछि मसुद(उल(रहमानले आफ्नो स्वचालित हतियार साथीहरूमाथि अन्धाधुन्द रुपमा चलाएका थिए । उनले चलाएको गोली लागेर पाँचजना जवानको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसलगत्तै मसुदले आफैँमाथि गोली चलाएर आत्महत्या गरेको समाचारमा जनाइएको छ । आपसी विवाद के कारण भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन ।

प्रकाशित : २०७६ मंसिर १८, बुधबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ