एके– ४७ राइफलका डिजाइनर मिखाइलको निधन


एजेन्सी, २० मंसिर । विश्वभर लोकप्रियता कमाएको चर्चित एके–४७ राइफलका डिजाइनर मिखाइल क्लास्निकोभको मृत्यु भएको छ।

९४ वर्षका मिखाइलको रुसको उदमुर्तिकास्थित इजेभास्कमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाहरुले उल्लेख गरेका छन्। एके–४७ हालसम्म विश्वमै सबैभन्दा बढी प्रयोगमा आएको र रुचाइने मेसिनगन हो । तत्कालिन सोभियत संघले सन् १९५० देखि यो बन्दुकको व्यवसायीक उत्पादन थालेको थियो ।

दोस्रो विश्वयुद्धपछि अमेरिकासँग शुरु भएको शीतयुद्धका क्रममा रुसले यो हतियार बनाएको थियो। सन् १९६० को दशकमा चलेको भियतनाम युद्धमा क्लास्निकोभ राइफलले निकै तहल्का मच्चाएको थियो।

अमेरिकाले सोही युद्धलाई केन्द्रीत गर्दै एम–१६ राईफल बनाए पनि भियतनामका ओसिला जङ्गलहरुमा खिया लाग्ने र जाम पर्ने समस्या देखिएको थियो । तर हो ची मिन्ह नेतृत्वको भियतकङ्गले प्रयोगमा ल्याएको रुस निर्मित एके–४७ सो युद्धमा निकै प्रभावकारी सावित भएको थियो।

हाल विश्वभर नै राष्ट्रिय सुरक्षा इकाईदेखि विद्रोहीसम्मको पहिलो रोजाईमा एके–४७ राईफल पर्ने गरेको छ ।

प्रकाशित : २०७६ मंसिर २०, शुक्रबार ०६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ