अमेरिकामा गोली हानाहान, प्रहरीसहित ६ जना मारिए


एजेन्सी, २५ मंसिर । अमेरिकाको न्यूजर्सीमा बुधबार बिहान भएको गोली हानाहानमा एक प्रहरी अधिकारीसहित ६ जनाको ज्यान गएको छ। अन्य दुईजना प्रहरी पनि घाइते भएका छन् ।

शहरको ग्रीनविले इलाकामा कम्तिमा एकघण्टासम्म गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एक स्थानीय पसलमा कभर लिएर संदिग्ध बन्दुकधारीले गोली प्रहार गरेको स्थानीय मिडियाहरुले जनाएका छन्।

भीडन्तमा मारिएका प्रहरी जोसेफ सील्स १३ बर्षदेखि जर्सी शहरमै रहेको र बन्दूक नियन्त्रणमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको बताइएको छ। संदिग्ध व्यक्तिहरुलाई समात्न नियन्त्रणमा लिन गैरहेकै बेला जोसेफमाथि गोली प्रहार भएको थियो ।

भीडन्त शुरु भएपछि सो स्थानमा विशेष प्रहरी इकाई पुगेर संदिग्ध बन्दूकधारीलाई मारिदिएको छ। सो व्यक्तिको साथबाट प्रहरीले राइफल र सैयौं राउन्ड गोली समेत बरामद गरेको छ ।

यो भीडन्तमा को र किन संलग्न थियो भन्नेबारे अहिलेसम्म आधिकारिक जानकारी प्राप्त भएको छैन । यद्यपीः यो कूनै आतंकवादी हमला नभएको अधिकारीहरुले अनुमान गरेका छन् । अमेरिकामा बारम्बार भैरहने गोलीकाण्डमा ठूलो जनधनको क्षति हुने गरेको छ।

प्रकाशित : २०७६ मंसिर २५, बुधबार ०३:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ