हुलाकी राजमार्गअन्तर्गत ४ पुल बनाउन आर्थिक प्रस्ताव ! सिरहाको गागन पुल पनि बन्ने


काठमाडौं, १ पुस । हुलाकी राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा निर्माण हुने पुल बनाउनका लागि आर्थिक प्रस्ताव खुलेको भएको छ। हुलाकी राजमार्ग निर्देशनालयले मंगलबार सूचना प्रकाशित गरी कपिलवस्तु, सिरहा, दाङ र सप्तरीको हुलाकी राजमार्गमा पुल निर्माणका लागि आर्थिक प्रस्ताव खुलाएको हो ।

निर्देशनालयले पुल निर्माणका लागि ९ दिनको समय दिएर प्राविधिक रुपमा योग्य ठेकेदार कम्पनीको सूची प्रकाशित गरेको छ। कपिलवस्तुको कन्चनिया खोलामा बन्ने पुन निर्माणका लागि सिरुवा, इलिट कन्स्ट्रक्सन कम्पनी र अर्घखाँची-श्रीराम जेपी प्राविधिक रुपमा छनोट भएका हुन् ।

त्यस्तै हुलाकी राजमार्गअन्तर्गत सप्तरीको खडक खोलामा बन्ने पुलका लागि सूर्य एन्ड सन्स प्रालि, इलिट कन्स्ट्रक्सन कम्पनी, दिवा निर्माण सेवा, रौताहा-हिराजन जेभी र रायमाझी-आजाद जेभी प्राविधिक रुपमा छनोट भएको निर्देशनालयले जनाएको छ।

दाङको कोधिया खोलामा पुल निर्माण गर्नका लागि निर्देशनालयले हिमदुङ एन्ड ठोकर, इलाट कन्स्ट्रक्सन कम्पनी, दिवा निर्माण सेवा-यती बिउल्डर, जयबुद्ध-नेसनल जेभी र सिम सगरमाथा-खड्का कृष्णा-नारायणम जेभी छनोट गरेको हो । यसैगरी सिराहको गागन खोला पुल निर्माणका लागि प्रविधिक रुपमा सूर्य एन्ड सन्स, इलाइ कन्स्ट्रक्सन कम्पनी, दिवा-कमल जेभी, हिराजन रोशन जेभी र रायमाझी-आजाद जेभी छानिएका हुन् ।

पुस ९ गते सार्वजनिक खरिद नियमावलीअनुसार कम लागतमा निर्माण प्रस्ताव गर्ने कम्पनीलाई छनोट गरी पुल निर्माणको सम्झौता गर्ने निर्देशनालयले जनाएको छ ।

  • nepallive.com
प्रकाशित : २०७६ पुष १, मंगलवार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ