घुस लिएपछि गुठी संस्थानका प्रमुख चौरधी र उप–प्रशासक रेग्मी पक्राउ


काठमाडौं, १ पुस । गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जय रेग्मीलाई अख्तियारको टोलीले मंगलबार अपरान्ह पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस लिएको अभियोगमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो । उनी दुबै जनालाई अख्तियारले हिरासतमा राखेको छ ।

काठमाडौं महानगरपालिका १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्न घुस लिएको सूचनाका आधारमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ पुष १, मंगलवार १४:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ