भारतमा नागरिकता विधेयकको चर्को विरोध, अहिलेसम्म नाै जनाकाे मृत्यु


एजेन्सी, ४ पुस । भारतमा नागरिकतासम्बन्धी विधेयकलाई लिएर भएको प्रदर्शनमा अहिलेसम्म नौ जनाको ज्यान गएको छ।

हिजो मात्र तीन जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा २० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । मोबाइल सेवा अवरुद्ध पारिएको छ। प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन्। केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

भारत सरकारले ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो।नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन्।

भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ। अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ। मुस्लिमहरुलाई भने कानुनले विभेद गरेको प्रदर्शनकारीहरुको आरोप छ।

हिजो मात्रै भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतविरोधी तत्वहरुले छिमेकी देश नेपाल र भुटानलाईको सीमा क्षेत्र प्रयोग गरेर आफ्नो देशको शान्ति सुव्यवस्था खल्बल्याउने कार्य गरिहरको र छिमेकी मुलकसँगको सम्बन्धमा फाटो ल्याउन खोजेको आरोप लगाएका थिए।

प्रकाशित : २०७६ पुष ४, शुक्रबार ०४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ