सिरहाको बरियारपट्टीमा लागुऔषधसहित चौधरी पक्राउ


मुकेश यादव/ लहान, ८ पुस । सिरहाको बरियारपट्टी गाउपालिका ३ दुर्गा मन्दिर नजिकैबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले ना. ६५ प. ९०७९ नम्बरको मोटत्रसाइकललाई चेकजाँच गर्दा सुखीपुर नगरपालिका ९ बस्ने वर्ष २६ को मनोज कुमार चौधरी पक्राउ परेको हो ।उनको साथबाट लागुऔषध नाईट्टोभेट २१६ ट्याबलेट र मोटरसाइकलसहित चौधरीमाथि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाए ।
प्रकाशित : २०७६ पुष ८, मंगलवार २१:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ