काजकिस्तानमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु


काठमाडौं, ११ पुस । काजकिस्तानमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । कजकिस्तानमा १०० जना मानिस सवार विमान दुर्घटनामा परेको र ७ जनाको घटनास्लमै मृत्यु भएको हो ।

बीबीसीले जनाएअनुसार विमानस्थलका अधिकारीहरूका अनुसार बेक एअरको विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो । विमान देशको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो ।

अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए । एक घरमा ठोकिएपछि दुर्घटना भएको हो ।

प्रकाशित : २०७६ पुष ११, शुक्रबार १०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ