हेल्प मधेसी जोहर राज्य समितिको प्रथम कार्यसमितिमा दिलिप यादब चयन


सुरेन्द्र महतो

जोहर, मलेसिया । आज ०५ जनवरी २०२० आइतबार को दिन जोहरबारु को  सेनाई ,पिरिन्डु  स्थित हेल्प मधेसी मलेशिया को केन्द्रिय अध्यक्ष दिपक कुमार मण्डल ज्युको अध्यक्षतामा एक कार्यक्रम गरि हेल्प मधेसी जोहर राज्य समिति गठन गरिएको छ ।

मधेसि र मधेसको परस्पर सहयोग ,सदभाबको लागि र पीडित मधेसी समुदाय लाई साथ,सहयोग र न्याय दिनु हेतु मधेसको समृधि,बिकास , साथै देश देखि बिदेशमा बस्नु भएको सम्पुर्ण मधेसी समुदाय सङ्ग सम्नब्य गरि मधेस र मधेसि समुदाय को लागि यो हेल्प मधेसि  संस्था को स्थापना गरिएको छ ।

यश हेल्प मधेसी जोहर राज्य समिति को  अध्यक्षमा दिलिप कुमार यादब , उपाध्यक्षमा अक्षेलाल कुशबाहा ,सचीव मा सुरेन्द्र महतो , सहसचिव अम्रेश कुमार यादब, कोषाध्यक्ष मा शतिस पाण्डे ,सह कोषाध्यक्ष मा दिपेन्द्र कुमार महतो,  मिडिया प्रतिनिधिमा देबेन्द्र कुमार यादब त्यसै गरि समिति हरुमा बच्चन जि शाह, प्रशान्त पाण्डे , रन्जित महतो, पन्कज यादब, सन्जय कुमार शर्मा ,  सुजय कुमार शर्मा,  बिक्रम मण्डल , आदित यादब , कृष्न कुमार यादब , राम सेबक मण्डल, रुपेश कुमार शाह, रोशन कुमार महतो, रामदेब महतो, जय कुमार ठाकुर गरि २१ समिति सदस्य सर्ब सहमति बाट चयन भएको छ र सल्लाहकार हरुमा दिपक झा, बिनोद कुमार मण्डल र नजाम शेख रहेको छ ।

उक्त समितिको अध्यक्ष पदमा चयन भएपछि अध्यक्ष दिलिप कुमार यादब ले आफ्नो मन्तव्य राख्दै श्रमिक माथी आई परेको समस्या हरु लाई मध्य नजर राखी आवश्यक पहल गर्ने र  अशाहय , दुखी ,पीडित लाई हामी सदैब सहयोग गर्ने र मधेस तथा मधेसी समुदायको हितमा पनि हामिले सकारात्मक काम गर्ने प्रतिबद्धता  व्यक्त गर्नु भयो ।

प्रकाशित : २०७६ पुष २०, आईतवार २०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ