भारतमा आज गणतन्त्र दिवस : नेतादेखि नायिकासम्म सम्मानित !


काठमाडौं, १२ माघ । भारत सरकारले ७१ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार विभिन्न व्यक्तिलाई पद्म पुरस्कार प्रदान गर्दैछ । गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार बेलुका राष्ट्रपति रामनाथ कोविन्दले १४१ पद्म पुरस्कार अनुमोदन गरेका हुन् ।

यसमा सात पद्म विभूषण, १६ पद्म भूषण र ११८ पद्म श्री सम्मान रहेका छन् । यो वर्ष ३३ महिलाले पद्म पुरस्कार पाउने भएका छन् । यस्तै १८ जना गैरभारतीय सम्मानित हुँदै छन् । १२ जनालाई मरणोपरान्त सम्मानित गरिएको छ ।

पूर्व केन्द्रीय मन्त्री अरुण जेटली, सुषमा स्वराज र जर्ज फर्नाडिसलाई मरणोपरान्त पद्म विभूषण प्रदान गरिएको छ । बक्सिङ खेलाडी एमसी मेरी कोम, शास्त्रीय गायक पण्डित छन्नूलाल मिश्राले पनि भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्म विभूषण प्रदान गरिएको छ ।

यस्तै पूर्व केन्द्रीय मन्त्री मनोहर पर्रिकर (मरणोपरान्त), ब्याडमिन्टन खेलाडी पीवी सिन्धु, उद्योगपति आनन्द महिन्द्रा र वेणु श्रीनिवासनलाई पद्म भूषण प्रदान गरिएको छ । यस्तै नागाल्याण्डका पूर्व मुख्यमन्त्री एसजी जमीर र जम्मू–कश्मीरका नेता मुजफ्फर हुसैन बेगले पनि पद्म भूषण प्राप्त गरेका छन् ।

यस्तै अभिनेत्री कंगना रनौत, चलचित्र निर्माता एकता कपूर, करण जौहर, गायक सुरेश वाडकर र अदनान सामीसहित ११८ जनालाई पद्म श्री सम्मान प्रदान गरिएको छ ।

प्रकाशित : २०७६ माघ १२, आईतवार १०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ