चीनमा कोरोना भाइरसले ज्यान जानेको संख्या१३२ पुग्यो, ६ हजारमा संक्रमण


१५ माघ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ । भाइरका कारण पाँचर हजार ९ सय ७४ जनामा संक्रमण भेटिएको छ । 

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ । वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ । 

विश्वभर फैलिएको यो सक्रंमणले अलिहे महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले सम्म चीनबाहेक नेपालसहित १६ देशमा यसको संक्रमण फैलिएको छ।  अमेरिकामा पनि यसको सक्रमण फैर्लिपछि आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ । 

चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।

प्रकाशित : २०७६ माघ १५, बुधबार १०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ