दिल्लीको जामिया विश्वविद्यालय बाहिरी क्षेत्रमा गोली चल्यो, अवस्था तनावग्रस्त !


२० माघ । भारतको दिल्लीमा रहेको जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयलको बाहिरी क्षेत्रमा गोली चलेको छ । समाचार संस्था एएनआईका अनुसार विश्वविद्यालयको गेट नम्बर पाँचमा गोली चलेको हो ।

जामियाका छात्र जोएब अहमदले भनेका छन्, ‘अचानक मानिसहरु चिच्याएको आवाज आउन थाल्यो र हामीलाई थाहा भयो कि गेट नम्बर पाँचतिर गोली चलेको छ ।’

उनका अनुसार कम्तिमा दुई राउण्ड गोली प्रहार भएको थियो । यो घटना आइतबार राति १२ बजेतिरको हो । जामिया समन्वय समितिका अल अमीन कबीरका अनुसार गेट नम्बर पाँच र सातको बिचमा गोली प्रहार भएको हो । दुई अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारी रातो स्कूटरमा आएका थिए । यो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक दिनअघि जामिया प्रशासनले सूचना जारी गरेर विश्वविद्यालय भित्र कुनै पनि प्रकारको प्रदर्शन नगर्न विद्यार्थीलाई सचेत गराएको थियो ।

प्रकाशित : २०७६ माघ २०, सोमबार ०९:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ