श्रीमतीको हत्या गरी ‘टाउको’ बोकेरै प्रहरी कार्यालय पुगे यि व्यक्ति


उत्तर प्रदेश, २० माघ । भारतमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । उत्तर प्रदेशको बरबान्की जिल्लाका स्थानीय ३० वर्षका अखिलेस रावतले श्रीमतीको हत्या गरेका हुन् ।

उनी श्रीमतीको शिर बोकेरै प्रहरी कार्यालयमा पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ । ती व्यक्तिले आफूले श्रीमती मारेको र आफूलाई गिरफ्तार गर्न प्रहरीलाई आग्रह गर्दा प्रहरी नै आश्चर्यमा परेका थिए ।

घरबाट ५ किलोमिटर हिँडेरै अखिलेस प्रहरी कार्यालय पुगेका थिए । स्थानीयले उनको हातमा महिलाको शिर देख्दा निकै त्रसित बनेका थिए ।

अखिलेसले भनेजस्तो दाइजो नपाएपछि श्रीमतीको हत्या गरेको प्रहरीले बताएका छन् ।

प्रकाशित : २०७६ माघ २०, सोमबार १३:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ