कोरोना भाइसको बारेमा विश्वलाई जानकारी दिने डाक्टरको मृत्यु


२४ माघ । कोरोना भाइरसबारे संसारलाई सबैभन्दा पहिला जानकारी दिने चिनियाँ चिकित्सकको मृत्यु भएको छ । चिनियाँ चिकित्सक ली वेनलियान्गको बिहीबार चीनमा मृत्यु भएको चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको हो ।

ग्लोबल टाइम्सका अनुसार चिकित्सक ली वेनलियान्गको मृत्यु कोरोना भाइरसको संक्रमणको कारण भएको हो । जब चीनको वुहान शहरमा कोरोना भाइरसबारे सूचना लुकाउने प्रयास गरिएको थियो, त्योबेला चिकित्सक ली वेनलियान्गले अस्पतालबाट भिडियो पोस्ट गरेर कोरोना भाइरसबारे मानिसहरुलाई चेतावनी दिएका थिए ।

यसपछि चीनको स्थानीय स्वास्थ्य विभागले ३४ वर्षीय डाक्टर ली वेनलियान्गसँग सोधपुछ गरेको थियो। यतिमात्र होइन वुहान प्रहरीले डाक्टर ली वेनलियान्गलाई नोटिस पनि दिएको थियो र सामाजिक सञ्जालमाफर्त अफवाह फैलाएको आरोप लगाएको थियो ।

कोरोना भाइरसबाट संक्रमित भएपछि डाक्टर ली वेनलियान्ग १२ जनवरीमा अस्पतालमा भर्ना भएका थिए । उनी एक संक्रमितको सम्पर्कमा आएपछि कोरोनाको चपेटामा परेका थिए ।

डाक्टर ली वेनलियान्गले गएको ३० डिसेम्बरमा एक च्याट ग्रुपमा साथी डाक्टरहरुलाई सन्देश पठाएर यो भाइरसबारे जानकारी दिएका थिए । डाक्टर ली वेनलियान्गले आफ्ना साथी डाक्टरहरुलाई यो भाइरसबाट बच्न विशेष कपडा लगाउन चेतावनी दिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ डाक्टर ली वेनलियान्गको मृत्युमा दुःख व्यक्त गरेको छ । संगठनले एक ट्वीट गर्दै उनको निधनमा निकै दुखी भएको बताएको छ।

प्रकाशित : २०७६ माघ २४, शुक्रबार ०८:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ