NRMA मलेशियाको अध्यक्षमा यादव चयन


सुरेन्द्र महतो

क्वालालम्पुर ,मलेशिया । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एन आर एम ए) मलेशिया शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

सम्पन्न दोस्रो अधिवेशनबाट कपलेस्वर यादवको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। एनआरएमए मलेशिया शाखाको वरिष्ठ उपाध्यक्षमा प्रदीप साह, उपाध्यक्षमा सिकिन्द्र यादव, अमरेश यादव, केशवकांत झा, महासचिवमा सुरेन्द्र महतो, सचिवमा राजेन्द्र राम, सह सचिवमा रमेश यादव, कोषाध्यक्षमा सन्जिब कुशवाहा, सह कोषाध्यक्षमा सुरेन्द्र भंडारी, प्रवक्तामा लक्ष्मी साह, मिडिया संयोजकमा सुलोचन पासवान र मिडिया संयोजकमा अछेलाल कुशवाहा रहेका छन् ।

त्यसैगरी कार्यकारी सदस्यहरुमा रवीन यादव, प्रदीप यादव, रामकुमार यादव, राजेंद्र राम, मनोज मंडल, संजीत साह, शिवनाथ यादव, दिपेन्द्र यादव, लखन मंडल, लक्ष्मी कुसवाहा, संजय यादव, बिजय साह, रंजित मुखिया, सत्यनारायण मुखिया, राम कुमार शाह, राजु मण्डल, राम करण यादव, पधुराम यादव, नबल किशोर यादव, कृष्णा यादव, रुद्र नारायण शाह, राज कुमार मेहता, नरेश कुमार चौधरी, सनदीप कुमार साह, संजय कुमार खवास, दुलारे मलाह, रतन मंडल, बिरवल यादव, जनक लाल यादव, सरोज यादव, आन्नद कुमार राय, सतिस पांडे, उमेश महतो, रामप्रवेश महतो, सिताराम मंडल, निरंजन महतो, अरुन कुमार यादव, सरोज कुमार मंडल, सरोज कुमार यादव र बिरेन्द्र मंडल रहेका छन् ।

यसैगरी, प्रमुख सल्लाहकारमा दिपक मंडल रहेका छन्। अन्य सल्लाहकारहरुमा हरीचन्द्र साह, उपिन्द्र साह, दिलीप कुमार यादव र देवेन्द्र यादव रहेका छन् । यसैगरी, अनुशासन समितिमा कपलेस्वर यादब, दिपक मंडल, सिकिन्द्र यादव र प्रदीप साह रहेका छन् ।  नवगठित कार्यसमितिलाई एनआरएमए अंतर्राष्ट्रिय समितिका अध्यक्ष ई. बसन्त कुशवाहाले शुभकामना दिएका छन् ।

कुशवाहाले एनआरएमए विश्वभरी विस्तार भइरहेको र लाखौं मधेशीहरु जोडिएको बताउँदै यसले मधेशको हितमा काम गर्दै सशक्त संस्था बन्ने विश्वास व्यक्त गरे । एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

प्रकाशित : २०७६ फाल्गुन १, बिहीबार १९:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ