कोरोनाको त्रास : भारतमा आज ‘जनता कर्फ्यु’


एजेन्सी : भारतमा आज जनता कर्फ्यु लगाइएको छ ।

कोरोना भाइसविरुद्ध लड्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै आज जनता कर्फ्युको घोषणा गरेका थिए । सोही अनुसार आज विहान ७ बजेदेखि बेलुका ९ बजे सम्म कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कर्फ्युका कारण सडक सुनसान छन् । जनता पनि घरबाट बाहिर निस्किएका छैनन् । केन्द्र सरकारको निर्णय अनुसार आज भारतभर कर्फ्यू लागेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडभाड हुँदा कोरोनाका संक्रमण हुँदा भाइरस सर्ने भन्दै घरबाट बाहिर ननिस्किन अपिल गरेका छन् । भारतमा कोरोनाका कारण ५ जनाको ज्यान गएको छ भने ३ सय भन्दा बढी संक्रमित भएका छन् ।

सार्क राष्ट्र एक भएर कोरोना भाइरसविरुद्ध लड्न भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सार्क राष्ट्रका राष्ट्रप्रमुखहरु भिडियो कन्फरेन्समा सहभागी भएका थिए ।

प्रकाशित : २०७६ चैत्र ९, आईतवार ०८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ