चीनमा देखियो अर्को नयाँ भाइरस, एक जनाको मृत्यु


काठमाडौं : कोरोना भाइरसले विश्व आतंकित भइरहेका बेला चीनमै फेरि अर्को नयाँ खालको भाइरस देखापरेको छ ।

चिनियाँ सञ्चारमाध्यममा अनुसार हान्ता नाम गरेको नयाँ भाइरसले एक जनाको मृत्यु भएको हो । युनान प्रान्तका ती व्यक्तिको सान्डोङ प्रान्तमा काममा फर्किने क्रममा बसमै मत्यु भएको हो ।

त्यसलगत्तै उनी सवार बसमा रहेका अन्य ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको हो । सोही आधारमा उनको मृत्यु पनि सोही भाइरसका कारण भएको चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले जनाएको छ ।

मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने सीडीसीले जानकारी दिएको छ। मुसाको पिसाब, र्‍याल वा राम्ररी नपचेका खाद्य पदार्थको बाँकी अशंबाट मानिसमा सर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

यसको प्रारम्भिक लक्षण थकान, ज्वरो आउने, मांशपेशी दुख्ने, रिंगटा लाग्ने आदि हुन् । समयमै उपचार नभए खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउन सक्छ र ज्यान पनि जान सक्ने चिकित्सकले बताएका छन् ।

मुसाको संख्या नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्ने पहिलो उपाय भएको सीडीसीले जनाएको छ । – नेपालखबर

प्रकाशित : २०७६ चैत्र १२, बुधबार ०९:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ