भारतमा कोरोना संक्रमित १२ सय ५१, ३२ जनाको मृत्यु


नयाँ दिल्ली : भारतमा नोभेल कोरोना भाइरस संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म एक हजार २५१ कोरोना संक्रमित पुगेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार अहिले सक्रिय संक्रमितको संख्या एक हजार ११७ छ भने १०१ जनाको उपचारपछि घर पठाइएको छ ।

हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्रमा भेटिएका छन् । महाराष्ट्रमा २२३ जना कोरोना संक्रमित छन् भने केरलामा २२१ जनामा संक्रमण भएको छ ।

भारतमा अप्रिल १४ सम्मका लागि लकडाउन घोषणा गरिएको छ । मानिसहरुलाई अत्यावश्यकबाहेक घरबाट ननिस्किन आग्रह गरिएको छ ।  – डीएनएन इन्डिया

प्रकाशित : २०७६ चैत्र १८, मंगलवार १०:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ