कोरोना कहर : पीपीइको माग्दै आन्दोलित ५० डाक्टर पक्राउ


जनकपुरधाम : कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि पीपीइको माग गर्दै विरोधमा उत्रिएका डाक्टरहरुलाई पाकिस्तानमा प्रहरीले पक्राउ गरेको छ । बीबीसीका अनुसार विरोध प्रदर्शनमा उत्रिएका ५० डाक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विरोध प्रदर्शनलाई रोक्ने प्रयास गरेपनि डाक्टरहरु हड्तालमा उत्रिएका थिए ।
दक्षिण एसियामा भारतपछि कोरोना भाइरसबाट धेरै संक्रमित हुनेको संख्या पाकिस्तामै छन् ।

पाकिस्तानमा अहिलेसम्म ४ हजार बढी संक्रमित रहेका छन् भने ५८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : २०७६ चैत्र २६, बुधबार १२:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ