विश्वमा कोरोना सङ्क्रमितको संख्या ४१ लाख नाघ्यो


काठमाण्डौ । विश्वमा कोरोना सङ्क्रमितको संख्या ४१ लाख नाघेको छ ।

अहिलेसम्म ४१ लाख ७ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा १३  लाख ४७ हजार ३ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा सङ्क्रमण पाइएको छ भने इटालीमा दुई लाख १८ हजार २ सय ६८ जना सङ्क्रमित छन् ।

बेलायतमा दुई  लाख १५ हजार भन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, सङ्क्रमितको दरसँगै उपचार पछि निको हुनेको संख्या पनि बढेको छ । झण्डै १४ लाख सङ्क्रमित उपचार पछि निको भएका छन् ।   यस्तै कोरोनाका कारण २ लाख ८० हजार भन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित : २०७७ बैशाख २८, आईतवार ०७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ