विश्वभर संक्रमित संख्या ४५ लाख ३४ हजार नाघ्यो, तीन लाखले ज्यान गुमाए


काठमाडौँ । कोरोना (कोभिड–१९) भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या ४५ लाख ३४ हजार ६७३ पुगेको छ। पहिचान भएका संक्रमितमध्ये हालसम्म तीन लाख सात हजार १०८ जनाको ज्यान गएको छ।

  जोन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ४२ हजार ९२४ जना संक्रमित भेटिएका छन् भने ८७ हजार ४९३ जनाको ज्यान गएको छ  संक्रमितको संख्याका हिसाबले रुस दोस्रो स्थानमा छ।

त्यहाँ दुई लाख ६२ हजार ८४३ जना संक्रमित भेटिएकामा दुई हजार ४१८ जनाको मृत्यु भएको छ।  बेलायतमा दुई लाख ३८ हजार संक्रमित भेटिएकामा हालसम्म ४३ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।  नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म ८२ हजार मानिसमा संक्रमण देखिएको छ। त्यहाँ दुई हजार ६४९ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित : २०७७ जेष्ठ ३, शनिबार १०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ