Big News- महोत्तरीका एक कामदारलाई कतारमा गोली हानेर मृत्युदण्ड दिइयो


युएई : छोटो समयमा नै कतारमा एकजना नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही–१,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । 

चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाइएको थियो । तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो ।

उनले नुयमीमाथि  दर्जनौं पटक खुकुरी प्रहार गरेको उल्लेख छ । हत्या गरेको अभियोगमा उनलाई सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ ।

नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ । कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको बताइएको छ ।

नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो ।भने कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको पनि यो पहिलो हो । कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् ।

कतारमा मृत्युदण्ड पाएका नेपालीहरु अरु पनि भए पनि उनीहरुको मृत्युदण्डको सजाय कार्यान्वयन भइसकेको छैन । चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदूरको हैसियतमा काम गर्थे । उनलाई केन्द्रीय कारगारमा राखिएको थियो ।

प्रकाशित : २०७७ जेष्ठ ८, बिहीबार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ