भारतमा एकैदिन थपिए ६ हजार बढी कोरोना संक्रमित, कुल संख्या १ लाख २४ हजार !


काठमाडौं : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख २४ हजारभन्दा बढी पुगेको छ ।

एकै दिन थप ६ हजार ५६८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख २४ हजार ७९४ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ७२६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १४२ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रकाशित : २०७७ जेष्ठ १०, शनिबार ०६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ