विश्वभर कोरोनाबाट ३ लाख ३९ हजारको मृत्यु, संक्रमित २१ लाख ५० हजार !


काठमाडौं : विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४ सय १८ जना पुगेको छ ।

शुक्रबार मात्र एकै दिन अहिलेसम्मकै सबैभन्दा धरै सात हजार ५ सय ४५ जना नयाँ संक्रमित थपिएको वल्र्डओमिटरले जनाएको संक्रमित थपिएका छन् । योसँगै विश्वभर अहिलेसम्म संक्रमितको संख्या ५३ लाख ९८ हजार ३६ पुगेको छ।

यो एकै दिन पुष्टिभएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमण हो । बिहीबार विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित फेला परेका थिए । संक्रमितमध्ये ३ लाख ३९ हजार ४ सय १३ को मृत्यु भएको छ ।

संक्रमित २१ लाख ५० हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । शुक्रबार पुष्टि भएका नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन्। त्यहाँ हिजो एकै दिन २४ हजार २८ जना नयाँ संक्रमित थपिएका छन् । त्यसपछि ब्राजिलमा १९ हजार ९ सय ६९ जना नयाँ फेला परेका छन् ।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १६ लाख ४४ हजार ९ सय २५ पुगेको छ। त्यसैगरी गएको २४ घण्टामा रुसमा ८ हजार ८ सय ९८, चिलीमा ४ हजार भन्दा धेरै, बेलायतमा ३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा शुक्रबार एकै दिन ६५ सय ६८ जना नयाँ संक्रमित थपिएका हुन् । त्यहाँ संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ९८ पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।

शुक्रबार भारतमा संक्रमणबाट १ सय ४२ जनाको मृत्यु भएको छ । त्यहाँ ५१ हजार ८ सय २४ जना उपचारपछि निको भएका छन् ।

विश्वभर अहिलेसम्म कोरोना संक्रमणबाट ३ लाख ३९ हजार ४ सय १३ जनाको मृत्यु भइसकेको छ । शुक्रबार एकै दिन विश्वभर ५ हजार २ सय ४० जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७७ जेष्ठ १०, शनिबार ०७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ