कोरोना विरुद्धको लडाइमा ठूलो सफलता, चीनले बनायो कोरोना भ्याक्सिन


जनकपुरधाम । कोरोना भाइरस विरुद्धको खोप बनाउन विश्वभरका अनुसन्धानकर्ता तथा वैज्ञानिक लागिपरेको बेला चीनले ठूलो सफलता हासिल गरेको दावी गरेको छ ।

कोरोना बिरुद्ध परीक्षण गरेको एडी फाईभ भ्याक्सिन सफल भएको चीनको दावी छ । लेनसेट जर्नलमा शुक्रबार प्रकाशित रिपोर्ट अनुसार २८ दिन अघि एक सय ८ जना प्रोढहरुमा दिईएको यो भ्याक्सिनले सुरक्षित रुपमा ईम्युन क्षमता बढाएको पाईएको छ ।

यसले कोरोना बिरुद्धको लडाँईमा एउटा आशाको सञ्चार गरेको छ । यो यो कोरोना महामारीबाट प्रताडित मानवजातिका लागि ऐतिहासिक कोसेढुंगा साबित भएको छ लेनसेटले लेखेको छ ।


अब यसको अन्तिम मुल्याकंन ६ महिना भित्र भईसक्ने लेनसेटले उल्लेख गरेको छ । कोविड विरुद्ध यसले पैदा गर्ने ईम्युनिटिले कति सम्म प्रतिरोध गर्न सक्छ भनेर अन्तिम नतिजाका लागि अझै केही परीक्षण आवस्यक परेको लेसेटको बिज्ञप्तिमा उल्लेख छ ।

यो सुरक्षित ईम्युनको विकासले कोरोनाबाट सत प्रतिसत सुरक्षित गर्न सक्ने वा नसक्ने अझै केही समय थप परीक्षणमा लाग्ने उल्लेख गरिएको छ ।

साथै लेनसेटले भनेको छ , यो भ्याक्सिन सबैका लागि उपलव्ध हुन अझ धेरै समय लाग्न सक्छ ।


हाल अमेरीका, बेलायत लगायत ३० भन्दा बढी देशले भ्याक्सिन परीक्षण गरीरहेका छन् । ती मध्य सबै भन्दा अग्रस्थानमा चीन रहेको छ ।

प्रकाशित : २०७७ जेष्ठ १०, शनिबार १२:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ