रुसमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च् स्तर


काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । रुसले मंगलबार दिएको आधिकारिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७४ पुगेको हो । यससँगै रुसमका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ८०७ पुगेको छ ।

त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका आठ हजार ९१५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ६२ हजार ३४२ पुगेको छ । संक्रमित संख्याको हिसाबमा रुस अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

प्रकाशित : २०७७ जेष्ठ १३, मंगलवार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ