भारतमा कोरोना संक्रमितको सँख्या २ लाख नजिक, ५,४११ जनाको मृत्यु


काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ९० हजार ९ सय ६२ पुगेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार तीन सय ९२ नयाँ संक्रमित थपिएका हुन् । भारतमा एकैदिन थपिएका नयाँ संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो।

त्यस्तै, अहिलेसम्म भारतमा कोरोना भाइरसबाट ५ हजार ४ सय ११ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई सय ३० जनाको मृत्यु भएको हो ।

प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार १४:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ