चिनियाँ एप्लिकेशन भारतमा प्रतिबन्ध, मोदीको भिबो एकाउन्ट बन्द होला ?


भारत सरकारले सोमबार चीनका ५९ वटा एप्लिकेशन तथा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो, जसमा ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल भिबो पनि पर्‍यो ।

भिबोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि एकाउन्ट छ । उनको भेरिफाइड एकाउन्टमा झण्डै साढे दुई लाख फलोअर्स छन् । मोदीले सन् २०१५ मा भिबो एकाउन्ट खोलेका थिए, यसको जानकारी प्रधानमन्त्री कार्यालयले ट्वीट गरेर दिएको थियो ।

भारतले टिकटक, हेलोसहितका चीनका सोसल मिडियाका एप्लिकेशनमा प्रतिबन्ध लगाएको हो । भारतले प्रतिबन्ध लगाएपछि भिबोमा रहेको एकाउन्ट प्रधानमन्त्री मोदीले डिलिट गर्छन् ? भन्ने प्रश्न गरिएको छ ।

सामाजिक सञ्जालमा धेरै भारतीयले भिबोमा मोदीको एकाउन्टलाई लिएर आक्रोशसहितका इमोजीहरु पोस्ट गरेका छन् । चीनले गएको जनवरी २५ मा आफ्नो नयाँ वर्ष मनाएको थियो, सोही दिन मोदीले भिबोमा चिनियाँ नागरिकलाई शुभकामना सन्देश पोस्ट गरेका थिए ।

प्रकाशित : २०७७ असार १६, मंगलवार १४:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ