भारतमा नेपाली यूवाको कपाल मुण्डन गरेर ओलीविरुद्ध नारा लगाउन लगाइयो


काठमाडौं : भारतको बनारसमा नेपालीमा माथि ज्यादती हुन थालेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका छन् ।  उनीहरुले नेपालका प्रधानमन्त्रीका विरुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा लगाउन लाएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिएपछि भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन् ।

त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन् ।  भिडियो भाइरल भएपछि हिन्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेकाे आजतकले जनाएकाे छ ।

विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । – थाहा खबर

प्रकाशित : २०७७ श्रावण २, शुक्रबार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ