जापानले बनायो कोरोनाबाट जोगिने मोतीको मास्क, मुल्य कति ?


एजेंसी : जापानका एक प्रख्यात डिजाइनरले महंगा मोतीहरूबाट बनेको मास्क सार्वजनिक गरेकी छन् ।

उक्त मास्कको मूल्य लगभग ११ लाख छ । डिजाइनरको नाम रिको कावानिशी हो । उनले राजधानी टोक्योमा विगत ३५ वर्षदेखि गहनागुरिया बनाइरहेकी छन् ।

साउथ चाइना मर्निङ पोस्टसँग कुराकानी गर्दै उनले भनिन्, ‘जापानका रत्नहरूलाई जडान गरिएका सामान बनाउने मेरो उद्देश्य हो । मोती भएको एक्सेसोरी बनाउने मेरो इच्छा थियो । त्यसैले कोरोनाबाट बच्न मैले एउटा रमाइलो मास्क बनाएकी हुँ ।’

सच्चा मोतीको मास्क बनाउन तीन दिन लाग्छ । त्यसका लागि फरक फरक आकारका ३१० वटा असली मोतीहरूलाई मास्कमा जडिन्छ । अकोया मोतीबाट यो मास्क बनेको हो ।

यी मोतीहरू सामान्यतया मालामा उपयोग गरिन्छ तर रिकोका अनुसार मोतीहरूलाई अनुहारमा राख्दा छालाले सुख अनुभव गरेको थियो । पछि मास्कबाट निकालेर मोतीलाई मालाका रूपमा पनि उपयोग गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित : २०७७ श्रावण २, शुक्रबार ११:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ