अयोध्यामा राममन्दिरको भूमिपूजन साउन २१ मा, प्रधानमंत्री मोदी पनि पुग्ने


एजेंसी : भारतको अयोध्यामा राम मन्दिरका लागि भूमिपूजन साउन २१ गते हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समारोहमा उपस्थित हुन राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको निमन्त्रण स्वीकारेका छन् ।

मोदीका पूर्व प्रधान सचिव तथा मन्दिर ट्रस्ट निर्माण समितका अध्यक्ष नृपेन्द्र मिश्रले बिहीवार अयोध्या भ्रमण गरे । उनले ट्रस्टका सदस्यहरूसँग लगभग दुई घन्टा बैठक गरेर मन्दिरको डिजाइन र मोडलमा एकमत हुन आवश्यक रहेको बताए ।

अयोध्यालाई विश्व धरोहरका साथै पर्यटन नगरीका रूपमा विकसित गर्ने मिश्रको भनाइ छ । मन्दिर निर्माणमा कला र संस्कृतिको ध्यान पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ । मोदी अयोध्या पुगेपछि मन्दिरका साथै ७० एकड परिसरमा हुने विकास कार्यको पनि निरीक्षण गर्नेछन् ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले भने, ‘राम मन्दिर १६१ फीट अग्लो हुनेछ र यसमा पाँचवटा गुम्बज बनाइनेछ ।’

राम मन्दिरको मोडल विश्व हिन्दू परिषद्ले बनाएकै अनुसार हुनेछ तर त्यसको लम्बाइ, चौडाइ र उचाइ बढ्नेछ । मन्दिर निर्माणमा तीनदेखि साढे तीन वर्ष लाग्ने बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण ४, आईतवार १२:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ