पाकिस्तानमा १७ सय वर्ष पुरानो बुद्धको मुर्ति फुटाइयो, चार पक्राउ


इस्लामाबाद : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा घर निर्माणका क्रममा जमिनमुनि फेला परेको १७ सय वर्षअघिको बुद्धको मुर्ति त्यहाँको कट्टरपन्थी मुसलमानहरूले फोडिदिएका छन् ।

यो घटनामा ४ जनालाई स्थानीय प्रहरीले पक्राउ गरेको छ भने स्थानीय निकाय तथा सरकारबाट अहिलेसम्म कुनै प्रतिक्रिया बाहिर आएको छैन । पाकिस्तानी मिडिया रिपोर्टका अनुसार तख्त–ए–बही क्षेत्रमा केी दिनअघि घर बनाउन चर खन्ने काम भएको थियो ।

यसैक्रममा ठेकेदार तथा चर खन्न सक्रिय तीन मजदुरले सुतिरहेको अवस्थामा बुद्धको मुर्ति फेला पारेका थिए । यो कुरा विस्तारै चारैतर्फ फैलिएपछि स्थानीय एक कट्टरपन्थी नेताले घटनास्थल पुगेर बुद्धको मुर्ति फोड्न लगाएका थिए ।

स्थानीय प्रहरीले यस विषयमा सबै कुरा स्पष्ट भइनसकेको जानकारी दियो । घटनालाई लिएर एउटा भिडियो पनि भाइरल भएको छ । जसमा एक व्यक्तिले मजदुरलाई मुर्ति फोड्न आदेश दिएको स्पष्ट देखिन्छ। उसले हातले मुर्तिमा लागेको माटो हटाउँदै गरेको पनि देखिएको छ । प्रहरीले पहिलो चरणको अनुसन्धानमा चार व्यक्तिलाई पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार पुरानो मुर्ति फेला परेपछि पहिले पुरात्तात्विक विभागलाई जानकारी दिनुपर्नेमा त्यसो नगरेर स्थानीयलाई यसको जानकारी दिएको थियो । प्रहरीले यो क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ र पुरात्तात्विक विभागलाई यसको जानकारी पनि दिएको छ ।

पुरात्तात्विक अधिकारीहरू यो क्षेत्रमा अन्य मुर्ति भए नभएको पत्ता लगाउने अभियानमा जुटेका छन् । खैबर क्षेत्रमा यसअघि श्रीलंका, जापान र दक्षिण कोरियाका मानिसहरू आउने जाने गर्दथे ।

प्रकाशित : २०७७ श्रावण ५, सोमबार १२:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ