चीनको चमत्कार : मंगल ग्रहको अध्ययन गर्न अन्तरिक्ष यान पठायो


एजेन्सी : चीनले मंगल ग्रहको अध्ययनका लागि अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । स्थानीय समय अनुसार आज दिउँसो १२ बजेर ४० मिनेटमा हेनान प्रान्तबाट सो अन्तरिक्ष यान प्रक्षेपण गरिएको हो ।

तियानवेन –१ नाम दिइएको करीब ५ टन वजनको सो अन्तरिक्ष यानलाई चीनको महत्वाकांक्षी यानको संज्ञा दिइएको छ । सो यान सन् २०२१ को फेब्रअरीमा करीब ५ करोड ५० किलोमिटर यात्रा तय गरी फर्कने अपेक्षा छ ।

सो यानमा रहेका उपकरणले मंगल ग्रहमा माटोको अध्ययन गर्ने चिनियाँ वैज्ञानिकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सो मिशनमा एउटा मार्स, अर्बिटर, ल्यान्डर, र एउटा रोभर रहेको छ ।

अमेरिकाले सन् १९९० यता मंगल ग्रहमा ४ वटा रोभर यन्त्र प्रक्षेपण गरिसकेको छ । नासाले प्रक्षेपण गरेको यानले सम्भवत: सन् २०३१ भित्र मंगलमा भेटिएको भनिएको माटो र ठोस वस्तुको नमुना ल्याउने अपेक्षा वैज्ञानिकहरुको छ ।

पृथ्वीबाट निकै नजिक रहेको मंगल ग्रहको अध्ययनका लागि भन्दै गत सोमबार यूएईले पनि अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । अमेरिकाले यसै जुलाईको ३० तारिखमा अन्तरिक्ष यान मंगलमा पठाउने तयारी गरिरहँदा त्यस अघि नै चीनले आफ्नो यान प्रक्षेपण गरेको छ । 

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ