अब कुकुरले सुँघेर काेराेना भाइरस पत्ता लगाउन सक्ने


लण्डन : वैज्ञानिकहरुले कुकुरले सुँघेर काेराेना भाइरस पत्ता लगाउन सक्ने दाबी गरेका छन् । वैज्ञानिकहरुले जर्मनीमा कुकुरले सुँघेर कोरोना पत्ता लगाएको दाबी गरेका हुन् ।

युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन र जर्मन सेनाको सहयोगमा एक हप्ताको तालिमपछि कुकुरले सुँघेर कोरोना भाइरस पत्ता लगाएको बिबिसी हिन्दीले उल्लेख गरेकाे छ ।

शाेधकर्ताहरुले भनेका छन्, सुँघेर काेराेना पत्ता लगाउन कुकुरहरुलाई सिकाउन उनीहरु सफल भएका छन् । तालिमपछि आठ वटा कुकुरलाई संक्रमति र गैर संक्रमितको नमूना सुँघ्न लगाउँदा ९४ प्रतिशत नतिजा सहि आएको थियो ।

शाेधकर्ताहरुका अनुसार यस्ता कुकुरको प्रयोग विमानस्थल र खेलमैदानजस्ता सार्वजनिक स्थानमा कोरोना संक्रमणको पहिचानका लागि गर्न सकिन्छ ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ