नेपालका १ सय ६१ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


काठमाडौं : नेपालमा हालसम्म १ सय ६१ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर देखिएका १८ हजार ७ सय ५२ संक्रमितमध्ये १ सय ६१ जना स्वास्थ्यकर्मीलाई संक्रमण भएको हो । स्वास्थ्यकर्मीमध्ये सबैभन्दा बढी संक्रमित हुनेमा पारामेडिक्स रहेको महाशाखाले जनाएको छ ।

मेडिकल अफिसर र सिनियर डाक्टर गरी २३, पारामेडिक्स ४४, ल्याब असिस्टेन्ट, ल्याब टेक्निसियन, ल्याब टेक्नोलोजी गरी २१ जना संक्रमित भएका छन् । सरसफाइ कर्मचारी, ड्राइभर लगायत अन्य संक्रमित हुनेको संख्या ३० रहेको महाशाखाले जनाएको छ।

नेपालमा पहिलो पटक वैशाख ३० गते स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको थियो । कपिलवस्तुरको तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोना भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

त्यसको भोलिपल्टै वैशाख ३१ गते पनि एक नर्समा कोरोना भेटिएको थियो । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया नर्सलाई कोरोना देखिएको थियो ।

प्रकाशित : २०७७ श्रावण १३, मंगलवार ०८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ