अमेरिकी राष्ट्रपति ट्रम्पकै सल्लाहकारलाई समात्यो कोरोना भाइरस


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनलाई कोरोना संक्रमण पुष्ट भएको छ ।

उनी कोरोना पोजिटिभ भएका ट्रम्प प्रशासनका अहिलेसम्मकै उच्च अधिकारी हुन् । उनी गत सातादेखि घरमै बसेर काम गरिरहेका थिए ।

कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ६ सय ६३ पुगेको छ भने १ लाख ४७ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य विज्ञहरुले देशभर पुनः लकडाउन लगाउन आग्रह गरेका छन् । अमेरिकामा चार दिनदेखि दैनिक १ हजारको संख्यामा मृत्यु भएपछि विज्ञहरुले यस्तो आग्रह गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण १३, मंगलवार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ