धनुषा : घरबाटै उठाएर लगी दलित बालिकालाई बलात्कार, आरोपी यसरी परे फन्दामा


जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ मा एक दलित बालिका बलात्कृत भएकी छन् ।

सोमवार राति १० बजे शौच गर्न घरबाट निस्केपछि अन्दाजी १५ वर्षीया बालिकालाई एक युवकले उठाएर लगी बलात्कार गरेका हुन् । बलात्कार गर्ने युवक बालिकालाई घर पुर्याउने क्रममा आज विहान स्थानीयको फन्दामा परेका छन् ।

बलात्कार गर्ने युवकलाई स्थानीयले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बुझाएको छ । प्रहरीले घटना विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

बलात्कृत बालिका र बलात्कार आरोपमा पक्राउ परेका युवकलाई स्वास्थ्य परीक्षणका प्रहरीले प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

प्रकाशित : २०७७ श्रावण १३, मंगलवार ११:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ