प्रदेश २ : आज थपिए ५४ कोरोना संक्रमित, धनुषा र महोत्तरीमा ८/८ जना


काठमाडौं : नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रदेश २ मा ५४ जना कोरोना संक्रमित थपिएका छन् । डा. गौतमका अनुसार गजेन्द्र नारायणसिंह अस्पतालमा गरिएको परीक्षणमा सप्तरीका १५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ८ जना र महोत्तरीका ८ जना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एक जना, इलामका एक जना र पर्साका १३ जना संक्रमित भएका छन् ।

यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा धनुषाका एक जना, पर्साका एक जना र सर्लाहीका एक जनामा कोरोना  पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाराका ४ जना र रौतहटका एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : २०७७ श्रावण १३, मंगलवार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ