सरिता गिरीको स्थानमा सांसद बनेकी सिटौलाले लिइन् सपथ


काठमाडाैं : सरिता गिरीको ठाउँमा सांसद बनेकी लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ खाएकी छन् ।

सभामुख अग्नि सापकोटाले आज बुधबार एक बजे संघीय संसदको सचिवालयस्थित कृषि समितिको हलमा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य सिटौलालाई सपथ ग्रहण गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

ललितपुर महानगरपालिका-१३ की सिटौलालाई समाजवादी जनता पाटीले सांसद बनाउनको लागि संसद सचिवालयलाई सिफारिस गरेको थियो ।

समाजवादी पार्टीले कालापानी, लिपुलेक समेटिएको नक्सा संसदमा पास गर्ने बैठकमा पार्टीले ह्वीप लगाएपनि उनले ह्वीप मानेकी थिइनन् । पछि उक्त पार्टीले राष्ट्रियताको विरुद्ध लागेको भन्दै पार्टीको साधारण सदस्यबाट र सांसद पदबाट हटाउने निर्णय गरी संसदलाई जानकारी गराएको थियो ।

निर्वाचन आयोगले पनि गिरीको नाम हटाएको थियो ।

प्रकाशित : २०७७ श्रावण १४, बुधबार १३:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ