कोरोना कहर : कटारी बजार बन्द गरियाे, मोडल हेल्थ केयर सिल !


उदयपुर : कोरोनाको जोखिम बढेपछि उदयपुरको कटारी बजार बन्द गरिएको छ ।

ताप्ली गाउँपालिका-२ निवासी एक महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै कटारी नगरपालिकाले बजार बन्द गर्ने निर्णय गरेकाे हाे । अहिले कटारीमा आवतजावत पुर्णरूपमा बन्द भएको छ । बिहाने खुलेका केही पसलहरु पनि प्रहरीले बन्द गराएकाे हो ।

श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार कटारी मोडल हेल्थ केयर प्रालिमा उपचारका लागि आएकी थिइन् । त्यसपछि उनलाई विराटनगर रेफर गरिएकाे मोडेल हेल्थ केयरका संचालक तथा डाक्टर गणेश लाल दासले जानकारी दिए ।

विरामीमा संक्रमण देखिएका कारण सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी नतिजा नआएसम्म अत्यावश्यक कामबाहेक बजारका सबै क्षेत्र बन्द गर्ने निर्णय भएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले समुदायमा कोरोना संक्रमण फैलिन सक्ने जोखिम न्यूनिकरणका लागि अत्यावश्यक कामबाहेक व्यापार व्यवसाय, सवारी , कार्यालय , होटल व्यवसाय सबै क्षेत्र बन्द गरिएको उल्लेख गर्दै सूचना जारी समेत गरेको छ ।

ति विरामीको उपचार गर्ने हेल्थ केयर पनि बन्द गरिएकाे छ । कोरोना संक्रमण देखिएको महिला हाल विराटनगर स्थित कोभिड अस्पतालमा रहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण १४, बुधबार १४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ