पर्साको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि, ११ कैदी


पर्सा : वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी कोरोना विशेष अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार नयाँ थपिएका संक्रमितहरु मध्ये ११ जना जिल्ला कारागारमा रहेका कैदीबन्दी छन् ।

यस्तै एकजना सैनिक जवान, एकजना चिकित्सक समेत संक्रमित भएका छन् । अन्य संक्रमित भने कन्ट्याक ट्रेसिङमा परेका व्यक्तिहरु छन् ।

प्रकाशित : २०७७ श्रावण १४, बुधबार १७:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ