Breaking- वीरगञ्‍जमा थप एक बृद्धको कोरोनाले मृत्यू


पर्सा : वीरगन्जमा फेरी एक कोरोना संक्रमित बृद्धको मृत्यू भएको छ । ६८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यू भएको नारायणी अस्पतालले पुष्टि गरेको छ ।

उनी उक्त अस्पतालको अस्थायी कोभिड–१९ उपचार केन्द्र गण्डकमा भर्ना भएका थिए । ६ दिनदेखि आइसोलेसन वार्डमा उपचररत उनको आज मध्यान्ह मृत्यू भएको छ ।

मृतकमा मधुमेह र मुटुको समस्या थियो– नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले भने । उनका अनुसार योसँगै पर्सामा मृत्यू हुनेको संख्या ६ पुगेको छ ।

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण १४, बुधबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ