धनुषाको औरहीमा सांसद अरगरियाद्वारा किर्तन भवनको उद्घाटन


जनकपुरधाम : धनुषाको औरही गाउँपालिका वडा नम्बर ५ हरुसाहा टोलमा संघीय सांसद उमाशंकर अरगरियाले किर्तन भवन र वाल निर्माण गरिदिएका छन् ।

आज एक समारोहबीच निर्माण गरिएको सोनाइ बाबा किर्तन भवनको सांसद अरगरियाले उद्घाटन गरेका हुन् । भवन र वाल स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण गरिएको जनता समाजवादी पार्टीका नेता बिनोद रोहिताले जानकारी दिए ।

उनका अनुसार आज विधिवत पुजा पाठ गरी सांसद अरगरियाले उद्घाटन गरेका छन् । किर्तन भवन र वाल निर्माण गरिदिएपछि स्थानीय खुशी भएका छन् ।

प्रकाशित : २०७७ श्रावण १४, बुधबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ