कोरोनाविरुद्ध लड्न प्रदेश २ लाई इजरायल सरकारद्वारा सहयोग


जनकपुरधाम : कोरोना भाइरसले आक्रान्त प्रदेश २ सरकारलाई इजरायली सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाविरुद्ध लड्न इजरायली सरकारले प्रदेश २ को समाजिक विकास मन्त्रालयलाई आज स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

चार सय थान पिपिई, १ हजार थान केएन–९५ मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोभ्स र १ सय जाँर ह्यान्ड सेनिटाइजर इजरायल सरकारले सहयोग गरेको सामाजिक विकास मन्त्री नवलकिशोर साहले जानकारी दिए ।

मन्त्री साहले उक्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार विभिन्न जिल्लालाई उपलब्ध गराउन स्वास्थ्य विभागका निर्देशक डा. प्रमोद यादवलाई हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु अगाडी मन्त्री साह र नेपालस्थित इजरायली दूतावासका प्रतिनिधिबीच भिडियो कन्फ्रेन्स भएको छ । कन्फरेन्समा कोभिड–१९ र प्रदेश २ सरकारको रणनीति विषयमा छलफल भएको मन्त्री साहले बताए ।

मन्त्री साहसँग दूतावासका प्रतिनिधिहरुले इजरायली सरकारले भविष्यमा समेत कोभिड–१९ को सामना गर्न प्रदेश २ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित : २०७७ श्रावण १४, बुधबार २१:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ