सिरहामा ५० वर्षीय पुरुषको शव भेट्यो, हत्याको आशंका


जयनाथ यादव/ लहान : सिरहा नगरपालिका १० मा आज एक पुरुषको शव फेला परेको छ ।

पदमपुर- नरहैया सडकमा सिरहा नगरपालिका १० का अन्दाजी ५० वर्षिय झगरु मुखियाको शव फेला परेको हो । रातिदेखि नै बेपत्ता मुखिया आज नवनिर्मित सडकको कलर्भट मुनी मृत अवस्थामा फेला परेका छन् ।

उनको हत्या गरेर फालेको हुनसक्ने स्थानीयले बताएका छन् । प्रहरीले घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण १५, बिहीबार ०९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ