सुनको भाउ बढेको भढ्यै, तोलाको ९९ हजार पुग्यो


काठमाडौं : लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँ महंगो भएको छ ।

आज छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको ९८ हजार ५ सय रुपैयाँ थियो ।

कोभिड १९ को महामारीका कारण लगानीका विभिन्न क्षेत्र बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा लगानी बढाएपछि भाउ बढेको व्यवसायीको भनाइ छ । मूल्य बढेपछि नेपाली बजारमा भने सुनका गरगहनाको कारोबार ठप्पजस्तै छ ।

आज चाँदीको मूल्य स्थिर छ । आज पनि चाँदीको भाउ तोलाको १२ सय २५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण १५, बिहीबार १२:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ