कोरोना त्रास : जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द गरियो


जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाको कार्यालय आजदेखि बन्द भएको छ । कोरोना फैलिने उच्च जोखिम रहेको भन्दै नगरपालिकाले सूचना जारी गरेर अनिश्चित कालका लागि कार्यालय बन्द गरेको हो ।

महोत्तरीमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै गएकै कारण जलेश्वर नगरपालिकाको कार्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ । कार्यालय बन्द गरिएपनि अत्यावश्यक काम भने हुने बताइएको छ ।

महोत्तरीको महोत्तरी गाउँपालिकाका ६० वर्षीय एक बृद्धको कोरोनाले साउन ६ गते मृत्यु भएको थियो । हालसम्म महोत्तरीमा ७ सय ८५ जनामा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये ४५ जना महिला छन् ।

प्रकाशित : २०७७ श्रावण १५, बिहीबार १६:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ