भदौ १ देखि विद्यार्थी भर्ना गर्न सरकारको निर्देशन, अब विद्यालयमा क्‍वारेन्टाइन नराखिने


काठमाडौं : सरकारले विद्यालय भवन तथा परिसरमा क्‍वारेन्टाइन र आइसोलेसनसम्बन्धी कुनै काम सञ्चालन नगर्ने निर्णय गरेको छ ।

क्‍वारेन्टाइन र आइसोलेसनका रुपमा अहिले प्रयोग हुन छाडेका विद्यालय भवनलाई मापदण्डअनुसार स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय पनिसरकारले गरेको प्रवक्ता डा। युवराज खतिवडाले बताए ।

यस्तै विद्यालय र परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रनिकट हुनेगरी कोभिड- १९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचना नराख्‍ने निर्णय पनि सरकारले गरेको छ ।

शैक्षिक सत्र २०७६/०७७ को नजिता प्रकाशन गर्न बाँकी रहेका भए नजिता प्रकाशन गर्ने, भदौ १ गतेबाट नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको विवरण एकिन गर्न पनि सरकारले भनेको छ ।

विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने, शैक्षिक कृयाकलाप सञ्चालन गर्न विद्यालय शिक्षकहरुलाई विद्यालय पुगिसक्ने व्यवस्था मिलाउन पनि सरकारले भनेको छ ।

  • थाहा खबर
प्रकाशित : २०७७ श्रावण १५, बिहीबार १९:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ